कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

इजरायल र हमासबीच थप दुई दिन युद्धविराम लम्ब्याउने सहमति

काठमाडौँ — इजरायल र हमासबीच अस्थायी युद्धविराम थप २ दिन लम्ब्याउने सहमति भएको छ । इजरायल र हमासबीचको संवादका लागि मध्यस्थता गरिरहेको कतारले दुई पक्ष थप दुई दिन युद्धविराम लम्ब्याउन सहमत भएको जानकारी दिएको हो ।

इजरायल र हमासबीच थप दुई दिन युद्धविराम लम्ब्याउने सहमति

कतारी विदेशमन्त्री डा. मजिद बिन मोहम्मद अल अन्सारीले सहमति भएसँगै इजरायलले थप ३३ जना र हमासले ११ जना बन्दी छाडेको पनि जानकारी दिएका छन् । हमासले छाडेका ११ जनामा तीन फ्रान्सेली, दुई जर्मन र ६ अर्जेन्टिनी नागरिक रहेका छन् ।

अहिलेसम्म हमासले ६९ जना बन्धक छाडेको छ । त्यस्तै इजरायलले १५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी विभिन्न देशका गरी करिब २५० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये नेपालका विपिन जोशी पनि रहेका छन् । उनी भने अझै हमासको कब्जामा रहेका छन् ।

इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सयभन्दा बढी इजरायलीको मृत्यु भएको छ । त्यसयता इजरायलले अस्थायी युद्धविराम हुनुअघिसम्म गाजा क्षेत्रमा भीषण आक्रमण गर्दै आएको थियो । इजरायली आक्रमणमा बालबालिकासहित १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । गत शुक्रबारदेखि इजरायल र हमासबीच अस्थायी युद्धविराम भएको हो ।

प्रकाशित : मंसिर १२, २०८० ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?