कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

उत्तराखण्डस्थित सुरुङमा फसेका ४१ कामदारको उद्धारका लागि बाहिर निस्कने सुरुङ तयार

काठमाडौँ — उत्तराखण्डको उत्तरकाशीमा भत्किएको सिल्कियारा सुरुङमा १७ दिनदेखि फसेका ४१ कामदारको उद्धारका लागि सुरुङ तयार भएको छ । सुरुङ बनाउने विशेषज्ञहरूले कामदारको उद्धारका लागि सोमबारदेखि म्यानुअल ड्रिलिङ सुरु गरेका थिए । म्यानुअल तेर्सो ड्रिलिंग गरेर उद्धारका लागि पाइप राखिएको छ ।

उत्तराखण्डस्थित सुरुङमा फसेका ४१ कामदारको उद्धारका लागि बाहिर निस्कने सुरुङ तयार

उक्त पाइप राख्ने कार्य सकिएसँगै कामदारहरूलाई छिट्टै बाहिर निकाल्ने प्रक्रिया सुरु हुने भारतीय सञ्चारमध्यमहरूले बताएका छन् ।

मंगलबार दिउँसो भारतीय समय अनुसार करिब १:३० बजे प्रदेश सरकारको सूचना विभागका वंशीधर तिवारीले ड्रिलिंग सम्पन्न भएको जानकारी दिएका थिए । त्यसको केही समयपछि मुख्यमन्त्री पुष्करसिंह धामीले सामाजिक सञ्जालमार्फत ड्रिल गरिएको बाटोमा एस्केप पाइप बिछ्याइएको पुष्टि गर्दै सबै कामदारलाई छिट्टै बाहिर ल्याउने आशा व्यक्त गरेका थिए ।

उत्तराखण्डको चार धाम मार्गमा निर्माणाधीन सुरुङको भत्किएपछि तेर्सो रूपमा उद्धार सुरुङ खन्नका लागि कम्तीमा १२ जना सुरुङ विशेषज्ञहरूलाई काममा लगाइएको थियो । शुक्रबार उद्धारका लागि सुरुङ खनिरहेको ठूलो मेसिन अड्किएपछि वैकल्पिक रुपमा म्यानुअल ड्रिलिङ सुरु गरिएको थियो । उनीहरूको उद्धारका लागि प्रदेश तथा संघीय सरकारले विभिन्न उपयाहरू अप्‍नाएपनि त्यो सफल हुन सकेको थिएन ।

उद्धारका लागि बिच्छाइएको पाइपबाट एकएकजना गरेर कामदारहरू बाहिर निकालिने छन् । उनीहरुको सुरुङको मुख्य प्रवेशद्वारमा तयारी अवस्थामा बसेका स्वास्थ्यकर्मीहरूले प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने छन् । उनीहरु त्यहाँ फसेपछि उद्धारकर्ताहरूले सानो पाइपको साहयतामा खानेकुरा र पानी उपलब्ध गराउँदै आएका थिए ।

प्रकाशित : मंसिर १२, २०८० १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?