कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतको गुजरातमा चट्याङ लागेर १८ जनाको मृत्यु

काठमाडौँ — भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण १८ जनाको मृत्यु भएको छ भने २३ जना जति घाइते भएको अधिकारीहरूले बताएका छन् । जाडोयाममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा नगरिएको त्यहाँका अधिकारीले बताए ।

भारतको गुजरातमा चट्याङ लागेर १८ जनाको मृत्यु

आइतबार र सोमबार भिषण हावाहुरीसँगै परेको चट्याङले धेरैलाई प्रभावित बनाएको छ ।

भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भएपनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् । भारी वर्षाका कारण कम्तीमा कम्तीमा ४० वटा जनावर पनि मारिएका गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

भातरका गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन् ।

प्रकाशित : मंसिर ११, २०८० १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?