कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

आजकै दिन : इराकको स्वतन्त्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९३२ मा आजकै दिन (अक्टुबर ३) मा इराक स्वतन्त्र भएको थियो । पहिलो विश्वयुद्धको अन्त्यसँगै १९२० देखि इराकमाथि बेलायतले नियन्त्रण कायम गरेको थियो ।

आजकै दिन : इराकको स्वतन्त्रता

नियन्त्रण आएसँगै बेलायतले पदच्यूत गरिएका राजा फैसल प्रथमलाई पुनः इराकको राजा बनाएको थियो । १९३३ मा फैसलको मृत्युपछि उनका छोरा घाजी राजा बनेका थिए ।

इराकमा १९५८ मा राजतन्त्र अन्य भएपछि इराकमा करिब दुई दशक सैनिक र गैरसैनिक सरकारले शासन गरेका थिए । १९७९ मा इराकको सत्ता कब्जा गरेका जर्नेल सद्दाम हुसेनले २००३ सम्म शासन गरेका थिए । उनी विश्वकै क्रुर तानाशाही शासकमध्येमा पर्छन् ।

प्रकाशित : आश्विन १६, २०८० ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?