कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

स्पेनी रात्रि क्लबमा आगलागीमा १३ को मृत्यु

रासस/एएफपी

मड्रिड — दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

स्पेनी रात्रि क्लबमा आगलागीमा १३ को मृत्यु

मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको हो । स्वास्थ्य सावधानी तथा आपतकालीन सेवा संयोजन केन्द्रले १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेमध्ये २२ र २५ वर्षका दुई महिला र ४१ र ४५ वर्षका दुई पुरुष छन् । स्थानीय समयअनुसार बिहान ६ बजे नाइट क्लबको पहिलो तल्लामा आगलागी सुरु भएको थियो ।

छतको केही भाग जलेर नष्ट भएको मर्सियाका मेयर जोसे बालेस्टाले बताए । ‘आगलागीबाट हामीले ठूलो मानवीय क्षति व्यहोरेका छौं,’ बालेस्टाले भने, ‘पीडितका परिवारका सदस्यले स्थानीय खेलकुद हलमा स्थापित परामर्श र मनोवैज्ञानिक केन्द्रमा सहयोग प्राप्त गर्न सक्नेछन् ।’

स्थानीय अधिकारीका अनुसार ४० जना अग्नि नियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १५, २०८० ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?