कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोमा परेका लिबियालीलाई राष्ट्रसंघले सहयोग गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित सहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथिलीले यस्तो बताएका हुन् ।

बाढीपहिरोमा परेका लिबियालीलाई राष्ट्रसंघले सहयोग गर्ने

बाथिलिले डेरना र अन्य प्रभावित क्षेत्रहरूमा पनि समन्वय बढाउने बताए । उनले आवश्यकता परेकाहरूलाई सहायता उपलब्ध गराउने जानकारी दिए ।

बुधबारसम्म सो क्षेत्रमा बाढीका कारण ५ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने १० हजार बेपत्ता छन् । त्यस्तै ३८ हजार ६४० भन्दा बढी मानिस विस्थापित भएका छन् ।

प्रकाशित : भाद्र ३१, २०८० ११:३१
प्रतिक्रिया
पठाउनुहोस्