३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बेलायती पूर्वप्रधानमन्त्री जोन्सनले दिए सांसदबाट राजीनामा

काठमाडौँ — बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले सांसदबाट राजीनामा दिएका छन् । आफूलाई संसद्‍बाट बाहिर निकाल्न बाध्य पारिएको समेत उनले बताएका छन् । 

बेलायती पूर्वप्रधानमन्त्री जोन्सनले दिए सांसदबाट राजीनामा

जोन्सनमाथि कोरोना महामारीमा प्रधानमन्त्री कार्यालयमा पार्टी आयोजना गरेको आरोप लागेको छ । उक्त घटनामा अनुसन्धान चलिरहेको छ ।

जोन्सनले आफूमाथिको अनुसन्धान गरिरहेको कमिटीलाई 'कंगारु कोर्ट' को संज्ञा दिँदै आएका छन् । उक्त कमिटीको मुख्य उद्धेश्य नै तथ्यलाई नहेरेर आफूलाई दोषी ठहराउनु भएको उनको आरोप छ । उक्त कमिटीले सोमबार आफ्नो अनुसन्धान सक्नेछ भने तुरुन्तै रिपोर्ट प्रकाशित गर्ने जनाएको छ ।

जोन्सनले २०२२ मा प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि सांसद पदमा भने बहाल नै थिए । शुक्रबार साँझ राजीनामा घोषणा गर्दै पूर्वाग्रहपूर्ण तरिकाले रिपोर्ट तयार पारिएको बताएका थिए ।

प्रकाशित : जेष्ठ २७, २०८० १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?