अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध गोप्य दस्तावेज आफैँसँग राखेको आरोप

मंगलबार मायामीस्थित संघीय अदालतमा उपस्थित हुने

काठमाडौँ — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राष्ट्रपति पद छाडेपछि अनधिकृत रुपमा महत्त्वपूर्ण एवं गोप्य दस्तावेज आफूसँगै राखेको आरोप लागेको छ । 

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध गोप्य दस्तावेज आफैँसँग राखेको आरोप

७६ वर्षीय ट्रम्पविरुद्ध अनधिकृत रुपमा महत्त्वपूर्ण एवं गोप्य दस्तावेज आफैंसँग राखेको आरोप लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

उनीविरुद्ध यो सहित कानुन उल्लंघन गरेको‚ गलत अभिव्यक्ति दिएको लगायत कूल ७ वटा आरोप लगाइएको छ । यसअघि यस्तो प्रकरणमा कोही पनि पूर्वराष्ट्रपति नमुछिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

ट्रम्प भने सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि जुटिरहेका छन् । आफूविरुद्ध आरोप लागेपछि उनले सामाजिक सञ्जाल ट्रुथ सोसमा अमेरिकी पूर्वराष्ट्रपतिमाथि यस्तो आरोप लाग्नेबारे आफूले कहिल्यै नसोचेको भन्दै यसलाई अमेरिकाको कालो दिनको रुपमा व्याख्या गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफू अदालतमा उपस्थित हुनुअघि नै आफूमाथि लागेको आरोपपत्र दिइनुपर्ने बताएको सीएनएनले उल्लेख गरेको छ । यसका साथै उनले यही आरोपलाई लिएर मंगलबार अमेरिकाको मायामीस्थित संघीय अदालतमा उपस्थित हुने बताएका छन् ।

प्रकाशित : जेष्ठ २६, २०८० ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?