३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारतीय कुस्ती खेलाडीको प्रदर्शन स्थगित

एजेन्सी

नयाँदिल्ली — भारतमा आन्दोलनरत कुस्ती खेलाडीको प्रदर्शन स्थगित भएको छ । गत अप्रिल २३ देखि आन्दोलन गर्दै आएका खेलाडीहरूले खेलमन्त्रीसँग भेट गरेपछि केही दिनका लागि प्रदर्शन रोक्ने निर्णय गरेका हुन् ।

भारतीय कुस्ती खेलाडीको प्रदर्शन स्थगित

भारतीय कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहले यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित आन्दोलन थालेका थिए । भारतका खेलमन्त्री अनुराग ठाकुरले आरोपित सिंहविरुद्ध जुन १५ भित्र आरोपपत्र दायर गर्ने आश्वासन दिएपछि प्रदर्शन रोकिएको हो ।

‘सरकारले यस मामिलामा अनुसन्धान गर्नका लागि जुन १५ सम्मको समय मागेको छ, तबसम्म खेलाडीले प्रदर्शन गर्ने छैनन्,’ आन्दोलनरत कुस्ती खेलाडीले साक्षी मलिकले पीटीआईसँग भनेकी छन् । सिंह सत्तारूढ भाजपाबाट लोकसभा सांसद हुन् । उनीमाथि यौनहिंसाको आरोप लगाई कुस्तीका चर्चित खेलाडीहरू साक्षी मलिक, विनेश फोगाट र बजरंग पुनिया धर्नामा बसेका थिए । प्रहरीले सिंहविरुद्ध उजुरीसमेत लिन नमानेपछि धर्ना बस्नुपरेको खेलाडीहरूको भनाइ थियो ।

प्रकाशित : जेष्ठ २६, २०८० ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?