बाँध भत्किएको क्षेत्रमा पुगे जेलेन्स्की

एजेन्सी

युक्रेन — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खेरसोन सहरस्थित बाँध भत्किएको क्षेत्रको भ्रमणमा पुगेका छन् । बाँध भत्किएपछि आएको बाढीमा शवहरू तैरिरहेको उनले बताएका छन् । उनले युक्रेनी उद्धारकर्तालाई रुसी सैन्य बलले गोली हानेको पनि आरोप लगाएका छन् ।

बाँध भत्किएको क्षेत्रमा पुगे जेलेन्स्की

मंगलबार दक्षिण युक्रेनको निप्रो नदीमा रहेको नोभा काखोभ्का नामको विशाल बाँधमा विस्फोट भएको थियो, जसका कारण त्यहाँका हजारौं स्थानीय विस्थापित भएका छन् । बाँध भत्किनुमा रुस र युक्रेनले एक अर्कालाई दोष दिएका छन् । हालसम्म उक्त घटनामा मृत्यु हुनेको यकिन संख्या सार्वजनिक भएको छैन ।

प्रकाशित : जेष्ठ २६, २०८० ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?