कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बंगलादेशमा गर्मीले हजारौं विद्यालय बन्द

रासस/सिन्ह्वा

ढाका — बंगलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौं विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । ‘सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएयता हामीले यति लामो समयसम्म गर्मी कहिल्यै देखेका थिएनौं,’ बंगलादेशको मौसम विभागका वरिष्ठ अधिकारी बज्लुर रसिदले भने ।

बंगलादेशमा गर्मीले हजारौं विद्यालय बन्द

सरकारले हजार प्राथमिक विद्यालय बन्द गरेको छ । एयर कन्डिसनर र पंखाको माग बढे पनि बिजुली उत्पादनमा भारी कटौती गरिएको छ । सरकारले गत सोमबार खर्च अभावमा आफ्नो सबैभन्दा ठूलो पावर प्लान्ट सञ्चालन स्थगित गर्न बाध्य भएको जानकारी गराएको थियो ।

गत वर्ष अमेरिकी डलरको तुलनामा बंगलादेशी टाकाको मूल्य करिब २५ प्रतिशतले अवमूल्यन भएको थियो, जसले गर्दा इन्धन आयात र विद्युत् उपयोगिताको लागत बढेको छ । अन्य प्लान्टहरूले माग पूरा गर्न सकेका छैनन्, जसका कारण घण्टौंसम्म लोडसेडिङ भएको छ ।


प्रकाशित : जेष्ठ २५, २०८० ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?