१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सात वर्षपछि साउदीमा खुल्यो इरानी दूतावास

एजेन्सी

रियाद — इरानले सात वर्षपछि साउदी अरबमा आफ्नो दूतावास खुला गरेको छ । लामो समयदेखि बिग्रिएको कूटनीतिक सम्बन्धमा सुधार आएपछि इरानले मंगलबार रियादमा दूतावास सञ्चालन गरेको हो ।

सात वर्षपछि साउदीमा खुल्यो इरानी दूतावास

अब दुई देशबीच हवाई उडान, व्यापार र आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ । यद्यपि, साउदीले इरानमा आफ्नो दूतावास सञ्चालन गरिसकेको छैन । चीनको मध्यस्थतामा दुई देशबीच कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने सहमति भएको थियो ।

कार्यक्रममा इरानका उपविदेशमन्त्री अलिरेजा बिग्देलीले दुई देशबीचको सहकार्य नयाँ युगमा प्रवेश गरेको बताए ।

प्रकाशित : जेष्ठ २५, २०८० ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?