कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

'अखण्ड भारत' नक्साबारे बंगलादेशले खोज्यो दिल्लीको जवाफ

काठमाडौँ — बंगलादेशले भारतको नयाँ संसद्‍ भवनमा राखिएको 'अखण्ड भारत' नक्साको बारेमा नयाँ दिल्लीबाट जवाफ मागेको छ । बंगलादेश सरकारले दिल्लीस्थित आफ्नो दूतवासलाई भारतको विदेश मन्त्रालयसँग अखण्ड भारतको विषयमा राखिएको नयाँ नक्साको विषयमा सम्पर्क गर्न निर्देशन दिएको जनाएको छ ।

'अखण्ड भारत' नक्साबारे बंगलादेशले खोज्यो दिल्लीको जवाफ

बंगलादेश सरकारका विदेश राज्यमन्त्री शाहरिअर अलामले बंगलादेशी सञ्चारकर्मीहरुलाई भारतको नयाँ संसद्‍ भवन राखिएको नक्साको बारेमा स्पष्ट गर्न जवाफ मागिएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठको दोस्रो साता नयाँ संसद्‍ भवनको उद्घाटन गरेका थिए । संसद भवनको भित्तामा राखिएको अखण्ड भारतको मुरलमा नेपालको कपिलबस्तु र लुम्बनीसहित बंगलादेश र पाकिस्तानी भूभाग पनि राखिएको छ ।

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनल पार्टीले यसबाट मुरल बंगलादेशको सार्वभौतिकता र स्वतन्त्रामाथि आक्रमण भएको जनाएको छ ।

'नक्साको विषयमा यहाँ व्यापाक आक्रोश छ,' विदेश राज्यमन्त्रीले भने, 'नक्साको विषयमा थप जवाफ माग गर्न दिल्लीस्थित मिसनलाई भारतीय विदेश मन्त्रालयसँग सम्पर्क गर्न र औपचारिक व्याख्या गर्न भनिएको छ ।'

नेपालमा पनि भारतीय मुरलको विषयमा असन्तुष्टि रहँदै आएको छ । तर सरकारले सांस्कृतिक विषय मात्रै भन्दै त्यस विषयलाई साम्य पार्न खोजेको छ । मुरल जारीपछि भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षीसँग यस विषयलाई भने उठाएका थिएनन् ।

संसदमा जानकारी गराउने क्रममा प्रधानमन्त्री दाहालले राजनीतिक नभइ सांस्कृतिक विषय मात्रै भएको भन्दै त्यसको प्रतिरक्षा गरेका थिए ।

प्रकाशित : जेष्ठ २४, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?