अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

काठमाडौँ — अमेरिकाले चिनियाँ सामानको आयात घटाएको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार दस वर्षको अन्तरालमा पहिलो पटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ ।

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ ।

दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ ।

भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनप्रति पनि अमेरिकी उपभोक्ता आकर्षित भएका छन् । चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अमेरिकी व्यापार तथ्यांक प्रयोग गर्ने किर्नीको रिसोरिङ इन्डेक्सका आधारमा गत वर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०.७ प्रतिशत चिनियाँ सामान थियो ।

प्रकाशित : जेष्ठ २४, २०८० ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?