२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

हाइपरसोनिक मिसाइल बनाएको इरानको दाबी

काठमाडौँ — इरानले हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेको छ । यो मिसाइलको गति ध्वनिको तुलनामा १५ गुणा बढी हुने उसको भनाइ छ । इरानको आणविक कार्यक्रमका बारेमा अमेरिकासँग चलिरहेको तनावका बीच यो घोषणा भएको हो ।

हाइपरसोनिक मिसाइल बनाएको इरानको दाबी

‘फत्ताह’ नाम गरिएको उक्त मिसाइलले १४ सय किलोमिटरसम्म मार हान्न सक्ने इरानका टेलिभिजन रिपोर्टमा उल्लेख गरिएको छ । इरानका राष्ट्रपति इब्राहिम रायसीले यो शक्तिबाट मध्य एसियामा सुरक्षा र शान्ति कायम सहज हुने टेलिभिजन कार्यक्रममा बताएका छन् ।

यसलाई कुनै पनि क्षेत्रीय रक्षा संयन्त्रले पनि रोक्न नसक्ने इरानको दाबी छ । यद्यपि, दाबीलाई बल पुग्ने प्रमाण उसले सार्वजनिक गरेको छैन ।

प्रकाशित : जेष्ठ २४, २०८० ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?