बम विस्फोटमा अफगानिस्तानका डेपुटी प्रान्तीय गभर्नरको मृत्यु

काठमाडौँ — अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मंगलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीका अनुसार फैजाबाद सहरमा भएको विस्फोटमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुई जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार बिहान सवा ८ बजे फैजाबाद सहरको चराही महकामा क्षेत्रमा कार बम विस्फोट भएको हो । आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन ।

प्रकाशित : जेष्ठ २४, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?