कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अफगानिस्तानमा दर्जनौं छात्रालाई विष खुवाइयो’

रासस/सिन्ह्वा

काबुल — अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा दर्जनौं छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका उनीहरूलाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलितले जानकारी दिएका हुन् ।

‘अफगानिस्तानमा दर्जनौं छात्रालाई विष खुवाइयो’

‘फैजाबाद छात्रा विद्यालयका ७७ जना विद्यार्थी, सात जना शिक्षक, पाँच जना अभिभावक र एक जना कर्मचारीलाई विष खुवाइएको थियो । उनीहरूको अवस्था स्थिर छ,’ उनले भने । अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानुनको कठघरामा ल्याउन आग्रह गरेकी छन् । अर्का विद्यार्थी अली आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको संख्या ८० भन्दा बढी रहेको बताउँदै छोरीको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेको जानकारी दिए ।

गाउँलेका अनुसार आइतबार एक्कासि बिरामी परेपछि उनीहरूलार्ई अस्पताल लगिएको थियो । उनीहरूलाई कसरी विष खुवाइयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ २३, २०८० ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?