कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चीन र अमेरिकाको द्वन्द्वले विश्वलाई नै असह्य क्षति पुर्‍याउने छ : चीन

एजेन्सी

काठमाडौँ — चिनियाँ रक्षामन्त्री ली साङ्फुले चीन र अमेरिकाबीचको द्वन्द्वका कारण विश्वका लागि असह्य विपत्ति ल्याउने चेतावनी दिँदै चीनले अमेरिकासँग वार्ता गर्न खोजेको बताएका छन् ।

चीन र अमेरिकाको द्वन्द्वले विश्वलाई नै असह्य क्षति पुर्‍याउने छ : चीन

एसियाको उच्चस्तरीय सुरक्षा सम्मेलनको सांग्रिला संवादमा बोल्दै लीले चीन र अमेरिका सँगै बढ्नका लागि पर्याप्त सम्भावना रहेको बताए ।

'चीन र अमेरिकासँग फरक विधि छन् । र अन्य विभिन्न रुपले यी फरक छन्,' लीले भनेका छन् । ली रक्षामन्त्रीमा नियुक्त भएपछि पहिलो पटक यसरी अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गरेका हुन् । उनले भनेका छन्, 'यद्यपि यसले दुई पक्षलाई द्विपक्षीय सम्बन्ध र गहिरो सहयोग बढाउने साझा आधार र हित खोज्नबाट रोक्नु हुँदैन ।'

यस क्रममा उनले चीन र अमेरिकाबीचको द्वन्द्व वा टकरावले विश्वलाई नै क्षति पुर्‍याउने कुरा कसैले इन्कार गर्न नसक्ने बताएका थिए ।

ताइवान, दक्षिण चीन सागर लगायतका मुद्दालाई लिएर दुई देशबीच तनाब जारी रहँदा चिनियाँ रक्षामन्त्रीले आइतबार यस्तो प्रतिक्रिया दिएका हुन् । शनिबार मात्रै अमेरिकी सेनाले चिनियाँ नौसेनाले असुरक्षित युद्धाभ्यास गरेको भन्दै कडा आलोचना गरेको थियो । चीनले भने ताइवानको शान्ति र स्थिरतालाई कमजोर पार्ने गरी अमेरिकाले उक्साहट गरिरहेको आरोप लगाउँदै आएको छ ।

यसैबीच अमेरिकी रक्षा सचिव लोयड अस्टिनले सिंगापुरको एक बैठकमा स्वशासित ताइवानको स्वशासन जोगाउन अमेरिका गम्भीर रुपमा प्रतिबद्ध रहेको बताएका थिए । उनले सैन्य वार्ता गर्न इन्कार गरेकोमा चीनप्रति पनि असन्तुष्टि जनाएका थिए ।

प्रकाशित : जेष्ठ २१, २०८० १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?