कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मणिपुर हिंसामा एक नेपालीभाषीको मृत्यु

झापा — पूर्वोत्तर भारतीय राज्य मणिपुरमा तीन सातादेखि जारी हिंसात्मक आन्दोलनका क्रममा एक नेपालीभाषीको ज्यान गएको छ । रैथाने मणिपुरी र जनजाति कुकी समुदायबीचको हिंसामा परेर सेरोउ गाउँका नेपालीभाषी ५२ वर्षीय रोमनीकुमार पौडेलको मृत्यु भएको हो ।

मणिपुर हिंसामा एक नेपालीभाषीको मृत्यु

पौडेलका ज्वाइँ लक्ष्मण अधिकारीका अनुसार गत सोमबार सेरोउमा मणिपुरी–कुकीबीच गोली हानाहान हुने क्रममा ज्यान जोगाउन भाग्दा क्रसफायरमा परेर उनको मृत्यु भएको हो । पौडेलको मृत्युपछि त्यहाँका नेपालीभाषी थप त्रस्त बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सोमबारको भिडन्तमा केही सुरक्षाकर्मी र ४० आन्दोलनकारी मारिएका थिए । मणिपुरी र कुकीले एकअर्काका हजारौं घर जलाएका छन् । हिंसात्मक आन्दोलनका क्रममा आन्दोलनकारी, सुरक्षाकर्मी र सर्वसाधारणसहित ८० बढीको ज्यान गइसकेको छ ।

प्रकाशित : जेष्ठ १८, २०८० ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?