आजकै दिन : बेलायतले कब्जा गरेको थियो बग्दाद

काठमाडौँ — सन् १९४१ मा आजकै दिन (जुन १) मा बेलायतले इराकी राजधानी बग्दाद कब्जा गरेको थियो । बेलायती फौज पर्सियन गल्फ र हब्बिनिया हवाई अड्डाबाट अप्रिल र मेमा इराक प्रवेश गरेको थियो । त्यसलगत्तै दुई देशका सेनाबीच भीषण संघर्ष चर्केको थियो ।

आजकै दिन : बेलायतले कब्जा गरेको थियो बग्दाद

करिब एक महिनाको संघर्षपछि बेलायती फौजले बग्दाद कब्जा गरेको हो । त्यसलगत्तै प्रधानमन्त्री रसिद अली तथा नुरी अल–सेदसहतिका प्रभावशाली इराकी नेताहरू देश छाडेर भागेका थिए ।

त्यसपछि बेलायतले इराकको यातायात सञ्जाल र सञ्चारमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो । बेलायती स्वार्थमा १९४२ को जनवरीमा एक्सिस पावरविरुद्ध इराकले युद्धको घोषणा गरेको थियो । त्यसैगरी, प्रधानमन्त्री अलीका समर्थकलाई सेवाबाट हटाउनुका साथै बेलायत–इराक युद्धका लागि जिम्मेवार ठानिएका चार जनालाई मृत्युदण्ड दिइएको थियो ।

प्रकाशित : जेष्ठ १८, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?