सरकारी निवासमा ‘पार्टी’ गरेपछि जापानी प्रधानमन्त्रीका छोरा विवादमा


काठमाडौँ — सरकारी निवासमा निजी पार्टी आयोजना गरेपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाका छोरा विवादमा आएका छन् । उनी प्रधानमन्त्री किशिदाका निजी सचिवसमेत हुन् ।


छोरा शोतारो किशिदाले गत गत वर्ष डिसेम्बर ३० मा प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको बारे तस्बिरसहितको समाचार सार्वजनिक भएको थियो । यस प्रकरणपछि आफ्नो छोराले सचिव पदबाट राजीनामा दिन लागेको प्रधानमन्त्री किशिदाले सोमबार बताएका छन् ।
‘प्रधानमन्त्रीको सचिवको रूपमा सरकारी स्थलमा उनको यो गतिविधि अनुचित थियो । उनलाई पदबाट हटाउने मैले निर्णय गरेको छु,’ प्रधानमन्त्रीले भने ।
