२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आजकै दिन : दक्षिण अफ्रिकामा गणतन्त्र

काठमाडौँ — सन् १९६१ मा आजकै दिन (मे ३१) मा दक्षिण अफ्रिका गणतन्त्रात्मक मुलुक घोषित भएको थियो । गणतन्त्र घोषित भएसँगै दक्षिण अफ्रिकाले बेलायतसँगका सबै औपचारिक सम्बन्ध टुटाएको थियो ।

आजकै दिन : दक्षिण अफ्रिकामा गणतन्त्र

दक्षिण अफ्रिका १९३१ को ११ डिसेम्बरमा बेलायतबाट स्वतन्त्र भएको थियो । तर त्यसको तीन दशकसम्म बेलायती सम्राट् नै दक्षिण अफ्रिकाको राष्ट्रप्रमुखका रूपमा थिए ।

गणतन्त्र घोषित भएपछि पनि अल्पसंख्यक श्वेत समुदाय नै सत्ता र शक्तिको केन्द्रमा थिए । अश्वेत समुदायलाई विभिन्न अधिकारबाट वञ्चित गरिएपछि उनीहरूले जनमतसंग्रह बहिष्कार गरे । त्यसयता उनीहरूले लामो समयसम्म आफ्नो अधिकारका लागि विरोध र आन्दोलन गरे ।

नेल्सन मन्डेला नेतृत्वको अफ्रिकन नेसनल कंग्रेसको अगुवाइमा गरिएको रंगभेदी आन्दोलन सफल भएपछि मात्र उनीहरूले वास्तविक अधिकार प्राप्त गरेका थिए ।

रंगभेदी आन्दोलनका कारण २७ वर्ष जेल जीवन बिताएर मन्डेला १९९० मा रिहा भएका थिए । त्यसको चार वर्षपछि भएको चुनावबाट उनी भारी मतसहित राष्ट्रपति चुनिएका थिए । उनी दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति हुन् । उनले १९९३ को नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।

प्रकाशित : जेष्ठ १७, २०८० ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?