कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

राहुल गान्धीको सांसद पद खारेज

काठमाडौँ — चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस नेता राहुल गान्धीविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको छ ।

राहुल गान्धीको सांसद पद खारेज

लोकसभा सचिवालयले एक सूचना जारी गर्दै यस्तो जनाएको बीबीसी हिन्दीमा समाचार छ ।

यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।

सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा 'किन सबै चोरका थर मोदी छ ?' भनेको आरोप लागेको छ ।

प्रकाशित : चैत्र १०, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?