१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

एजेन्सी

काठमाडौँ — भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । खेरले लेखेका छन्– 'मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।' खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् । गुरुग्रामस्थित साथीको घरमा होली मनाउन गएका उनलाई हृदयघात भएको थियो । तत्काल फोर्टिस अस्पतालमा लगे पनि उनको सोही कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे । उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभियन सिकेका थिए ।

कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । उनले सन् १९९० मा 'रामलखन' र सन् १९९७ मा 'साजन चले ससुराल' फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।

'रूप के रानी चोरोंका राजा (१९९३)का फिल्मबाट निर्देशनमा आएका कौशिकले 'हम आपके दिलमे रहेते है(१९९९),'तेरे नाम (२००३)जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।

कौशिकका पत्नी र एक छोरी रहेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?