कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

‘च्याट जीपीटी’ मा माइक्रोसफ्टले लगानी गर्ने

काठमाडौँ — अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले ओपन एआईमा लगानी गर्ने भएको छ । अर्बपति इलन मस्कको कम्पनी ओपन एआईले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्टस टुल ‘च्याट जीपीटी’ पछिल्लो समय प्रविधि क्षेत्रमा रुचि राख्नेहरूमाझ निकै लोकप्रिय भइरहेको छ ।

‘च्याट जीपीटी’ मा माइक्रोसफ्टले लगानी गर्ने

एआई मोडलमा आधारित ‘च्याट जीपीटी’ ले प्रयोगकर्ताले सोधेका जुनसुकै विषयमा प्रश्नको उत्तर निकै सहज र संवादात्मक शैलीमा दिने गर्छ । इन्टरनेट पहुँच भएकाहरूलाई यो निकै सहज भएको छ । अर्थात् यसअघि सर्च इन्जिनमार्फत प्रश्नको जवाफ खोज्दा सम्बन्धित क्षेत्रका वेबसाइटका लिंक दिने गरेकोमा यसले भने खोजेको जस्तो उत्तर दिने गर्छ ।

आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई) लाई विकास गर्न सन् २०१५ मा स्थापित संस्था ओपन एआईले च्याट जीपीटी सार्वजनिक गरेको हो । माइक्रोसफ्ले यसअघि उक्त कम्पनीमा एक खर्ब अमेरिकी डलर लगानी गरेको थियो । यसका थप विशेषता विकास गरी थप बुहत् बनाउन माइक्रोसफ्टले केही वर्षभित्र कैयौं अर्ब डलर लगानी गर्ने भएको हो । यद्यपि, माइक्रोसफ्टले लगानी गर्ने रकमबारे भने केही उल्लेख गरिएको छैन् ।

ओपन एआईका अध्यक्ष तथा सह–संस्थापक ग्रेग ब्रोकम्यानका अनुसार मानिसले जस्तै कुरा गर्न, उनीहरूको भाषा बुझ्न र खोजेको जवाफ दिनका लागि ३.५ प्रविधि मोडेलमा आधारित रहेर च्याट जीपीटी तयार पारिएको हो ।

पछिल्लो समय भने यसलाई सर्च इन्जिनको विकल्पको रूपमा समेत लिन थालिएको छ । जसका कारण शैक्षिक तथा व्यावसायिक क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि भने यो निकै सहज र सुविधाजनक हुने नै भयो ।

तर च्याट जीपीटीमा गरिएका कुनै पनि विषयमा पाइने सटिक जवाफ, आवश्यक जानकारी, प्रतिवेदन लेखन, कम्प्युटर तथा सफ्टवेयर कोडिङलगायतको प्रयोगले साइबर अपराध बढ्ने भन्दै चिन्ता व्यक्त गरिँदै आएको छ ।

प्रकाशित : माघ ११, २०७९ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?