बाइडेन निवासमा थप गोपनीय दस्तावेज फेला

काठमाडौँ — अमेरिकी न्याय मन्त्रालयको टोलीले राष्ट्रपति जो बाइडेनको डेलावेयरस्थित घरबाट अन्य ६ गोपनीय दस्तावेज फेला पारेका छन् । गत शुक्रबार विलमिङ्टनस्थित उनको अर्को घरबाट पनि यस्तै केही दस्तावेज फेला परेको थियो । यी दस्तावेजहरू बाइडेन उपराष्ट्रपति र सिनेटर भएको समयको भएको बताइएको छ ।

बाइडेन निवासमा थप गोपनीय दस्तावेज फेला

अनुसन्धानमा खटिएका वकिल बब बावरका अनुसार फेला परेका दस्तावेजहरूमा राष्ट्रपति बाइडेन आफैँले लेखेका कागजात र अन्य महत्त्वपूर्ण सामग्री रहेका छन् । १३ घण्टा लामो छानबिनका लागि राष्ट्रपति बाइडेनले अनुमति दिए पनि आफू भने उक्त समय घरमा नभएको बीबीसीले लेखेको छ ।

वकिल बबले भने‚ ‘राष्ट्रपतिले आफू उपराष्ट्रपति रहँदा आफूसँग सम्बन्धित र सम्भवतः गोपनीय कागजात अनुसन्धान गर्नका लागि अनुमति दिएका छन् ।’

गत नोभेम्बर २ मा पेन बाइडेन सेन्टरमा यस्तै किसिमका अन्य दस्तावेजसमेत मिलेको बाइडेका वकिलको भनाइलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । त्यस्तै गत डिसेम्बर २० र जनवरी १२ मा पनि विभिन्न दस्तावेजहरू फेला परेको थियो ।

राष्ट्रपतिको टिमका अनुसार फेला परेका दस्तावेज नेसनल अर्काइभ्स र न्याय मन्त्रालयलाई जिम्मा लगाइसकिएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि अहिले सयौं त्यस्ता गोपनीय दस्तावेजलाई गलत तरिकाले राखेको भन्दै अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित : माघ ८, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?