रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र वर्षा- विश्व - कान्तिपुर समाचार

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र वर्षा

एजेन्सी

किभ — रुसले युक्रेनमाथि पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ । आठौं पटक गरिएको भीषण क्षेप्यास्त्र आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको बीबीसीले जनाएको छ । 

आक्रमणका कारण दक्षिण सहर ओडेसामा कम्तीमा ४ जनाको मृत्यु भएको जनाइएको छ । सोमबार र मंगलबार गरिएका आक्रमण यसअघिका भन्दा कम विनाशकारी भएका जनाइएको छ । युक्रेनी प्रहरीले भने रुसले प्रहार गरेका ७० मध्ये ६० वटा क्षेप्यास्त्र निष्क्रिय पारेको दाबी गरेका छन् । तर रुसले भने १७ वटा क्षेप्यास्त्र निशानामा प्रहार गरेको बताएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्सकीले रुसी आक्रमणपछि छिमेकी राष्ट्र मोल्दोभाका केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको जनाएका छन् । पछिल्ला आक्रमणहरू युक्रेनका लागि मात्रै नभई समग्र क्षेत्रका लागि चेतावनी भएको उनको भनाइ छ । रुसले पछिल्ला दिनमा युक्रेनको ऊर्जा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको छ ।

प्रकाशित : मंसिर २१, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

महानगर प्रहरी भर्नामा युनिक सेक्युरिटिजको बदमासी

कम्पनीले पठाएका १६२ मध्ये ८१ जना मात्रै योग्य, बाँकी सबैलाई फिर्ता पठाइयो
गोविन्द पोखरेल

काठमाडौँ — काठमाडौं महानगरपालिकाले ‘आउट सोर्सिङ’ मार्फत भर्ना लिएका नगर प्रहरी जवानमध्ये आधाजसो अयोग्य रहेको पाइएको छ । महानगरले युनिक सेक्युरिटिजसँग एक वर्षका लागि १ सय ६२ जना नगर प्रहरी जवान उपलब्ध गराउने समझदारी गरेको थियो । 


जसमा ४० वर्ष ननाघेका तथा यसअघि आर्मी, जनपद र सशस्त्र प्रहरी बलमा काम गरिसकेका व्यक्ति हुनुपर्ने थियो । तर, योग्यता नपुगेका व्यक्तिलाई नगर प्रहरीका रूपमा पठाएको पाइएको महानगर प्रहरी बलले जनाएको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले युनिक सेक्युरिटिजले पठाएका १ सय ६२ जनामध्ये ८१ जना मात्रै योग्य रहेको बताए । कम्पनीले सिफारिस गरेकाहरूको विवरण र योग्यता जाँच गर्दा तोकिएको मापदण्ड पूरा नभएको पाइएपछि त्यस्ता अयोग्य व्यक्तिलाई भर्ना नगरी फिर्ता पठाइएको उनले स्पष्ट पारे । ‘आउट सोर्सिङबाट आएका नगर प्रहरी जवानहरूलाई मैले योग्यता पुगेको प्रमाणपत्र ल्याउन भनेको थिएँ । ११ दिनपछि कम्पनीले ८१ जनाको मात्रै पठाएको छ,’ उनले भने, ‘कतिपय ४० वर्ष उमेर नाघेका छन् । प्रहरी र आर्मीमा सेवा नै नगरेकोलाई पनि कम्पनीले पठाएको रहेछ । सम्झौताविपरीत देखिएका सबैलाई फिर्ता पठाइदिएका छौं ।’

सम्झौतामा एक जना नगर प्रहरी उपलब्ध गराएबापत कम्पनीले प्रतिमहिना २० हजार ५ सय २३ रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ । ‘पुरुषको हकमा ४० वर्ष उमेर ननाघेका, भूतपूर्व सेना र नेपाल प्रहरी वा सशस्त्र प्रहरीमा कम्तीमा ५ वर्ष सेवा गरेको हुनुपर्ने सीमा छ । महिलाको हकमा उमेरको हदबन्दी ४५ वर्ष राखिएको छ,’ महानगरको खरिद–इकाइ निर्देशक ध्रुव काफ्लेले भने । युनिक सेक्युरिटिजले हचुवाको भरमा व्यक्ति छनोट गरेर नगर प्रहरी सेवामा पठाएको महानगर प्रहरी प्रमुख पाण्डे बताउँछन् । ‘युनिक सेक्युरिटिजले बदमासी गर्‍यो । लटरपटर तरिकाबाट व्यक्ति चुनेर नगर प्रहरीमा भर्नाका लागि पठायो,’ उनले थपे । कान्तिपुरले उक्त कम्पनीका प्रतिनिधि बताउने पर्सीराम चौधरीसँग यसबारे बुझ्न खोज्दा ‘व्यस्त छु’ भन्दै फोन काटिदिए ।

युनिक सेक्युरिटिजमार्फत नगर प्रहरीमा ११ दिन सेवा दिएका ४६ वर्षीय विकास भुसालले कम्पनीले २ सय जनालाई फाराम भर्न लगाएर उमेरको हदबन्दी नहेरी सेवामा खटाएको बताए । ‘नगर प्रहरीसँगको सम्झौताबारे हामीलाई थाहा थिएन । कम्पनीले छनोट गरेपछि सेवामा खटियौं तर अयोग्य भन्दै ११ दिन काम गरेपछि फिर्ता भयौं,’ उनले भने ।

प्रकाशित : मंसिर २१, २०७९ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×