२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रुसी सैन्य हवाई क्षेत्रमा विस्फोट

काठमाडौँ — रुसी सैन्य हवाई क्षेत्रमा विस्फोट भएको छ । बीबीसीका अनुसार मस्कोको दक्षिण पूर्वमा रहेको रियाजान सहरनजिकै एअर फिल्डमा इन्धनको ट्यांकर विस्फोट भएको हो ।

रुसी सैन्य हवाई क्षेत्रमा विस्फोट

विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । त्यस्तै साराटोभ क्षेत्रमा भएको विस्फोटमा केही व्यक्ति घाइते भएको बताइएको छ ।

अहिलेसम्म विस्फोटको कारण खुलेको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई दुवै घटनाका बारेमा जानकारी गराइएको छ । दुवै क्षेत्र युक्रेनी सीमाबाट सयौं किलोमिटर टाढा भएको बीबीसीले जनाएको छ ।

प्रकाशित : मंसिर १९, २०७९ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?