कोइलाखानीमा ६ को मृत्यु

एजेन्सी

इस्लामावाद — पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।

खानीमा फसेका उनीहरूको निसास्सिएर मृत्यु भएको हो । शाहराग कोइला खानीभित्र एक हजार ५ सय फिट गहिराइमा श्रमिकहरूले काम गरिरहेका बेला विस्फोट भएको हो । त्यसलगत्तै खानीमा आगलागी भएको र श्रमिकहरू खानीमा फसेका थिए ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?