कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

एएफपी

लुमाजाङ — इन्डोनेसियाको माउन्ट सेमेरुमा आइतबार ज्वालामुखी विस्फोट भएपछि दुई हजार जनाभन्दा बढी विस्थापित भएका छन् । विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

ज्वालामुखी विस्फोटसँगै करिब दुई किलोमिटर माथिसम्म तातो खरानीले ढाकेको र पहाडको फेदीतर्फ लाभाका नदीहरू बगेको देखिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् ।

ज्वालामुखीका कारण करिब एक दर्जन मानिसको ज्यान गएको एक वर्षपछि पुनः विस्फोट भएको हो । इन्डोनेसियाको राजधानी जकार्ताबाट करिब आठ सय किलोमिटर दक्षिणपूर्वमा रहेको जाभा टापुको सबैभन्दा अग्लो पहाडबाट ज्वालामुखी विस्फोट भएको हो ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?