२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

युद्धमा हाम्रा १३ हजार सैनिक मारिए : युक्रेन

एजेन्सी

काठमाडौँ — युक्रेन युद्धको क्रममा ९ महिनाको अवधिमा १३ हजार युक्रेनी सिपाही मारिएका छन् । किभस्थित सरकारी अधिकारीहरूका अनुसार रुसले आक्रमण गरेयता ९ महिनाको अवधिमा उक्त संख्यामा सुरक्षाकर्मी मारिएका हुन् ।

युद्धमा हाम्रा १३ हजार सैनिक मारिए : युक्रेन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलियाकले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । 'हामीसँग कर्मचारीहरूबाट आएका आधिकारिक तथ्याङ्क छन्, हामीसँग शीर्ष कमाण्डबाट आएका आधिकारिक तथ्याङ्कहरू छन् । जस अनुसार १२ हजार ५ सयदेखि १३ हजारको बीचमा मारिएका छन्,' मिखाइलो पोदोलियाकले भने ।

यद्यपि उनले आफूहरू मृतकको तथ्यांकबारे खुलेर कुरा गर्न तयार रहेको बताए । यस क्रममा कतिपय घाइते अवस्थामा रहेका सुरक्षाकर्मीहरूको पनि मृत्यु भएको उनले बताए । मृतकको संख्याबारे यसअघि सार्वजनिक भएका तथ्यांकमाथि भने प्रश्न उठेको थियो । गत महिना अमेरिकाका उच्च सैन्य अधिकारीले रुसको आक्रमणबाट युक्रेनमा आफ्ना एक लाखभन्दा बढी सैनिकहरू मारिएको वा घाएते भएको दाबी गरेका थिए । साथै युक्रेनले पनि यस्तै समस्या भोगेको अमेरिकी अधिकारीको भनाइ थियो ।

पोदोलियाकले भने उचित समय आएपछि उक्त आधिकारिक तथ्यांक राष्ट्रपति जेलेन्स्कीले सार्वजनिक गर्ने बताएका छन् । तर रुसी सुरक्षाकर्मीको मृत्युको संख्या युक्रेनीको भन्दा करिब ७ गुणा बढी रहेको पनि युक्रेनी उच्च अधिकारीहरूको दाबी छ ।

तर अन्तर्राष्ट्रिय मिडियाले युक्रेन र रुस दुवैले आफ्ना सुरक्षाकर्मीहरूको मनोबल बढाउनका लागि मृत्यु भएका सिपाहीहरूको संख्या घटाउने गरेको जनाएका छन् ।

प्रकाशित : मंसिर १६, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?