कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

युरोपमा काठको संकट, मूल्य अकासियो

पेरिस — रुस-युक्रेन युद्धका कारण ऊर्जा संकट बढिरहेका बेला जाडोयाम सुरु भएसँगै युरोपमा काठको मूल्य अकासिएको छ । ग्लोबल वुड मार्केटका अनुसार सन् २०२२ को पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा स्विडेनको राउन्डवुड र पल्पवुड दुवैको मूल्य लगभग ९ प्रतिशतले बढेको छ ।

मूल्य बढेपछि फिनल्यान्डमा काठको व्यापार अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले घटेको छ । दाउरामा अत्यधिक माग बढेपछि काष्ठ उद्योगको व्यापार घटेको हो । अस्ट्रियामा पनि काठको मूल्य बढेको छ । क्षेत्रीय रूपमा १३० युरो प्रतिघन मिटरको सीमा तोकिएकोमा उक्त सीमा पहिले नै नाघिसकेको ग्लोबल वुड मार्केटले उल्लेख गरेको छ ।

जुलाई २०२० सम्म प्रतिघन मिटर ६१ युरो तीन सेन्टमा बिक्री गरिँदै आएको काठको मूल्य अस्ट्रिया र जर्मनीका केही भागमा हाल ११५ युरो प्रतिक्युबिक मिटरमा बिक्री भइरहेको छ । जर्मनीमा सन् २०२१ को पहिलो ६ महिनादेखि नै काठदाउरामा ठूलो मूल्यवृद्धि भएको हो ।

काठदाउरा स्थानीयले प्रयोग गरिदिँदा धेरै उच्च मागका कारण जर्मन काठ उद्योगलाई वसन्तमा आफ्ना केही सम्झौताहरू पूरा गर्न गाह्रो भएको थियो । खुद्रा क्षेत्रले धेरै उच्च माग र कठिन खरिदको सामना गर्नुपर्‍यो । त्यसैले गर्दा सन् २०२२ को वसन्तमा काठको मूल्यमा व्यापक वृद्धि भएको हो । दाउरा र कोइला जम्मा गर्ने होड चलेपछि काठको चरम अभाव र निर्माणलागतमा उल्लेख्य वृद्धि भएको छ ।

उता केही इस्टोनियाली काठ मिलहरू यो वर्षको अन्त्यमा अस्थायी रूपमा भए पनि बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । प्राकृतिक ग्यासको सट्टा काठ र काठबाट उत्पादन हुने उत्पादनहरूमा स्विच गर्ने ऊर्जा फर्महरूबाट सःमिलहरूले प्रतिस्पर्धाको सामना गरिरहेका छन् । ऊर्जाको मूल्य बढेको बेला काठदाउराको माग अत्यधिक बढेकाले काठ उत्पादकहरूलाई असर गरेको छ । विशेष गरी इस्टोनियाई निर्माण क्षेत्रको मागमा आएको गिरावटले यस वर्षको सुरुदेखि बजार सम्झौता लगभग ५० प्रतिशतले घटेको छ ।

त्यसो त, बढ्दो यातायात मूल्य र बलियो रुबलको पृष्ठभूमिमा ईयू प्रतिबन्धका कारण निर्यात मात्रामा आएको गिरावटले रुसी उत्तर–पश्चिम क्षेत्रमा काठको उत्पादनलाई नाफारहित बनाइदिएको छ । किनभने यो क्षेत्र युरोप नजिक पर्ने हुनाले पनि यस क्षेत्रको काठ उद्योग प्रायः युरोपेली क्षेत्रको निर्यातमा निर्भर छ ।

अप्रिल २०२२ मा कोरोना क्वारेन्टिनका कारण चीनका बन्दरगाहहरूमा गरिएको तालाबन्दीका साथै देशको निर्माण उद्योगमा आएको मन्दीका कारण काठको आयातमा २०.१ प्रतिशतले घट्दा त्यसको मार रुस हुँदै युरोपेली मुलुकमा परेको ग्लोबल वुड मार्केटको अध्ययनले देखाएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?