कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘युरोपमा यस वर्ष गर्मीले २३ हजारको मृत्यु’

पेरिस — युरोपमा यस वर्षको गर्मीको लहरका कारण २३ हजार जनाभन्दा बढीको मृत्यु भएको एक फ्रान्सेली संस्थाले उल्लेख गरेको छ ।

सार्वजनिक तथ्यांकबारे अध्ययनअनुसन्धान गर्ने संस्था इन्सीलाई उद्धृत गर्दै रपोतेयर अखबारले फ्रान्समा मात्रै १० हजार ४ सय जनाको मृत्यु भएको उल्लेख गरेको छ । इन्सीको एक प्रतिवेदनमा गर्मीको लहरबाट जर्मनीमा कम्तीमा ४ हजार ५ सय, स्पेनमा ४ हजार, बेलायतमा ३ हजार २ सय र पोर्चुगलमा १ हजार जनाको मृत्यु भएको उल्लेख छ ।

फ्रान्सको सार्वजनिक स्वास्थ्य सेवा विभाग (साते पुब्लिक) ले यस वर्षको गर्मीमा फ्रान्समा १० हजार ४ सय २० जनाको मृत्यु भएको गणना गरेको छ । उनीहरूले जुन १ देखि सेप्टेम्बर १५ बीचमा ज्यान गुमाएका जनाइएको छ । ज्यान गुमाउनेमध्ये ८० प्रतिशत ७५ वर्ष र सोभन्दा माथिका छन् । सन् २००३ को गर्मीको लहरले फ्रान्समा १५ हजार जनाको मृत्यु भएको थियो ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?