१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मलेसियाका प्रधानमन्त्रीमा अनवर

एजेन्सी

क्वालालम्पुर — मलेसियाका विपक्षी नेता अनवर इब्राहिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अनिर्णीत चुनावपछिको राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले अनवरको नाम प्रधानमन्त्रीका लागि अनुमोदन गरेको हो ।

मलेसियाका प्रधानमन्त्रीमा अनवर

‘मलेसियाली शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी अनवर इब्राहिमलाई मलेसियाको १० औं प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिइएको छ,’ दरबारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भर्खरै सम्पन्न निर्वाचनमा अन्वरको पाकतान हारापान गठबन्धनले भ्रष्टाचार विरोधीका रूपमा प्रस्तुत हुँदै ८२ सिट जितेको थियो । तर आवश्यक ११२ सिट बहुमत भने पुर्‍याउन असफल भएको थियो । त्यस्तै, पूर्वप्रधानमन्त्री मुहिद्दिन यासिनको पेरिकाटन नेसनल (राष्ट्रिय गठबन्धन) ब्लकले ७३ मत प्राप्त गरेको छ ।

इस्लामवादी पार्टीले समर्थन गरेका मुहिद्दिनले पत्रकार सम्मेलनमा कुनै पनि समूहसँग पर्याप्त सिट संख्या नभएकाले राजाले सुरुमा आफू र अनवरलाई संयुक्त सरकार बनाउन आग्रह गरेको बताएका थिए । मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले जारी राजनीतिक गतिरोध तोड्नका लागि दुई प्रतिद्वन्द्वीलाई बोलाएका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?