कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रदर्शनलाई समर्थन जनाएपछि इरानका दुई अभिनेत्री पक्राउ

एजेन्सी

काठमाडौँ — इरानका दुई लोकप्रिय अभिनेत्रीहरू देशभर चलेको विरोध प्रदर्शनलाई समर्थन जनाएपछि पक्राउ परेका छन् । हेंगामेह घाजियानी र कातायोन रिआहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनलाई समर्थन जनाएपछि इरानका दुई अभिनेत्री पक्राउ

गत सेप्टेम्बरदेखि इरानमा देशव्यापी बनेको प्रदर्शनमा ती दुई अभिनेत्रीले समर्थन जनाएका थिए । जहाँ धार्मिक रित अनुसार हिजाब नपहिरिएको आरोपमा पक्राउ परेकी २२ वर्षीया माशा अमिनीको हिरासतमै मृत्यु भएपछि देशव्यापी रुपमा प्रदर्शन हुँदै आएको छ।

स्थानीय मिडियाका अनुसार टेलिभिजन सिरिजमा चर्चित अभिनेत्री रिआहीलाई आइतबार इरानी सुरक्षा फौजले पक्राउ गरेको हो। टिभी सिरिज 'जोसेफ द प्रोफेट' र 'द टेन्थ नाइट' साथै 'द लास्ट सपर' जस्ता फिल्ममा अभिनय गरी चर्चा कमाएकी अभिनेत्री रिआहीले अमिनीको मृत्युपछि आफ्नो इन्स्टाग्राममा स्कार्फ बिनाको एउटा भिडियो पोस्ट गरेकी थिइन्।

यस्तै 'एज सिम्पल एज द्याट', 'डेज अफ लाइफ' जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री घाजिआनीले पनि आफ्नो इन्स्टाग्राममा गत शनिबार स्कार्फ बिनाको भिडियो सार्वजनिक गरेकी थिइन् । इन्स्टामा उनले आफ्नो भिडियो राख्दै उक्त भिडियो नै आफ्नो अन्तिम हुनसक्ने लेखेकी थिइन् । 'यदि मलाई केही भयो भने, म मेरो अन्तिम स्वाससम्म सधैं इरानका जनताको साथ रहनेछु,' उनले लेखेकी थिइन् ।

घाजिआनी भिडियो सार्वजनिक गरेको भोलिपल्ट नै सुरक्षा फौजबाट पक्राउ परेकी हुन् । उनीहरूलाई इरानी सुरक्षा विरुद्ध गतिविधि गरेको र इरानी शासनविरुद्ध प्रोपगान्डा फैलाएको आरोप लगाइएको छ । मानवअधिकार संगठनका अनुसार इरानमा सेप्टेम्बरयता भएको प्रदर्शनको क्रममा सुरक्षा फौजको कारबाहीमा ४७ बालबालिकासहित ३७८ जना मारिएका छन् । प्रदर्शन दबाएका कारण पछिल्लो समय इरान अन्तर्राष्ट्रिय समुदायमा पनि आलोचित भएको छ ।

प्रकाशित : मंसिर ६, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?