कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतको बिहारमा ट्रकको ठक्करबाट कम्तीमा ७ जनाको मृत्यु

काठमाडौँ — बिहारको वैशाली जिल्लाको मेहनार क्षेत्रमा ट्रकको ठक्करबाट कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूमा आएका खबरहरू अनुसार मेहनार–हाजीपुर मार्गमा उक्त घटना भएको हो । सडक किनारमा हिँडिरहेका मानिसहरुलाई ट्रकले ठक्कर दिँदा ७ जना बालबालिको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

बीबीसी हिन्दीका अनुसार आइतबार राति ९ बजेको समयमा नयाँगाउँ टोलमा मानिसहरु सडक किनारमा पूजाआजा गरिरहेको समयमा तीव्र गतिमा आएको ट्रकले उनीहरुलाई ठक्कर दिएको हो ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?