पहिलो पटक कान्छी छोरीसँग देखिए उत्तर कोरियाली नेता किम

एपी

सोल — उत्तर कोरियाका नेता किम जोङ–उन आफ्नी कान्छी छोरीसँग पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन् । विश्वको सबैभन्दा गोप्य राज्यको नेतृत्व गर्ने नेता किमको व्यक्तिगत जीवन बारेमा धेरै कम थाहा भएका बेला सार्वजनिक भएको बाबुछोरीको तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा व्यापक भएको छ ।

पहिलो पटक कान्छी छोरीसँग देखिए उत्तर कोरियाली नेता किम

सेतो कोट लगाएकी आफ्नी छोरी किम चु–एको हात समाएर शुक्रबार उनी अन्तरमहादेशीय ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपणको निरीक्षणमा सहभागी भएको तस्बिर प्योङयाङले शनिबार सार्वजनिक गरेपछि क्षेप्यास्त्र परीक्षणलाई तीव्र गतिमा अघि बढाइएका लामो समयदेखि चलिरहेका अफवाहको पुष्टि भएको हो ।

अमेरिकासम्म प्रहार गर्ने क्षमता भएको देशको सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको स्थलमा नेता किम श्रीमती, छोरी र वरिष्ठ अधिकारीका साथ उपस्थिति भएको उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ । उक्त क्षेप्यास्त्र अमेरिकाका जुनसुकै स्थानमा प्रहार गर्न सक्षम रहेको दाबी गरिएको छ ।

नेता किमले शुक्रबार परीक्षण गरिएको उक्त क्षेप्यास्त्र अमेरिकी सैन्य धम्कीलाई नियन्त्रण गर्ने भरपर्दो एवं अधिकतम क्षमता भएको हतियार भएको उल्लेख गरेका छन् । क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले पनि सुपरसोनिक बमवर्षक विमान उडाएर शक्ति प्रर्दशन गरेको छ ।

प्रकाशित : मंसिर ३, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?