१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शरिया कानुन लागू गर्न न्यायाधीशलाई तालिबान नेताको आदेश

एजेन्सी

काठमाडौँ — तालिबान नेता हैबातुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई शरिया कानुन लागू गर्न आदेश दिएका छन् । अपहरण, देशद्रोह, डकैतीसहितका केही आपराधिक घटनाका दोषीलाई शरिया कानुन अनुसार सजाय दिन अखुन्दजादाले न्यायाधीशलाई आदेश दिएका हुन् ।

शरिया कानुन लागू गर्न न्यायाधीशलाई तालिबान नेताको आदेश

१९९० को दशकमा पनि तालिबान सत्तामा रहँदा यस्तै सजाय दिने गरेको भन्दै तालिबान आलोचित बन्ने गरेको थियो । गत वर्ष सत्तामा आउँदा भने तालिबानले थप लचिलो नीति अनुसार शासन गर्ने प्रतिबद्धता गरेको थियो । २०२१ मा सत्ता कब्जा गरेपछि आफूहरू इस्लामिक कानुन अनुसार चले पनि महिलाहरूको सम्मान हुने तालिबानले प्रतिबद्धता व्यक्त गरेको थियो ।

तर त्यसको ठीक विपरीत तालिबान सरकारले महिलाहरूमाथि प्रतिबन्ध लगाउनुका साथै कडा कारबाहीको नीति अघि सारेको छ । तालिबानका सर्वोच्च नेता अखुन्दजादाले न्यायाधीशलाई यदि उक्त शरिया कानुन अनुसार सजाय दिन आदेश दिएका हुन् । तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार ट्विट गर्दै आफ्ना नेता अखुन्दजादाले न्यायाधीशहरूको समूहलाई भेट गरेपछि यस्तो आदेश आएको उल्लेख गरेका छन् ।

'चोर, अपहरणकारी र देशद्रोह गर्नेहरूका फाइललाई ध्यानपूर्वक जाँच गर्नुहोस्, ' अखुन्दजादालाई उद्धृत गर्दै मुजाहिदले बताए । शरिया कानुन त्यस्तो कठोर कानुन हो जस अनुसार दोषीलाई सार्वजनिक रुपमा ढुंगा प्रहार गर्नुका साथै उसको अंगभंग गरिन्छ । शरिया कानुन इस्लाम धर्मग्रन्थमा आधारित तोकिने एक किसिमको परम्परागत सजायको शैली हो ।

इस्लामिक देशहरूले यो कानुन अभ्यास गरे पनि पछिल्लो समय उक्त कानुनलाई युरोपियन मोडेल अनुसारका आधुनिक कानुनले विस्थापित गरिएको छ ।

प्रकाशित : कार्तिक २८, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?