केन्यामा पाकिस्तानी पत्रकार अर्शद शरीफको हत्या

एजेन्सी

काठमाडौँ — पाकिस्तानी पत्रकार अर्शद शरीफको केन्यामा गोली प्रहार गरी हत्या भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केन्याको राजधानी नैरोबीको छिमेकी सहर काजियादोमा आइतबार उनीमाथि गोली प्रहार भएको हो ।

केन्यामा पाकिस्तानी पत्रकार अर्शद शरीफको हत्या

घटनापछि उक्त हत्यामा कसको हात रहेको छ भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता ब्रुनो शिओसोले बताएका छन् । स्थानीय सञ्चारमाध्यमले भने उनलाई नैरोबी–मगाडी राजमार्गमा गलत पहिचानका कारण गोली हानेर हत्या गरिएको जनाएका छन् ।

शरीफकी पत्नी जाभेरीया सिद्धिकीले सोमबार आफूले एक साथी, पति र मनपर्ने पत्रकार गुमाएको भन्दै ट्विट गरेकी छन् ।

शरीफ पाकिस्तानमा भ्रष्टाचारविरुद्धको रिपोर्टिङ साथै सरकारको आलोचकको रुपमा चिनिन्थे । उनी पछिल्लो समय एक गहन अनुसन्धानात्मक रिपोर्टिङमा व्यस्त थिए । शरीफको हत्याबारे पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले यस घटनाले पाकिस्तानको पत्रकारितामा ठूलो क्षति पुगेको प्रतिक्रिया दिँदै दु:ख व्यक्त गरेका छन् ।

प्रकाशित : कार्तिक ७, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?