कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पूर्वपछि दक्षिण क्षेत्रमा रुसी सैनिकमाथि युक्रेनको सफलता

कान्तिपुर संवाददाता

काठमाडौँ — युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो नियन्त्रणलाई मजबुत पार्दै लगेको युक्रेनी सेनाले दक्षिणी क्षेत्रमा रुसी सेनाको प्रतिरक्षालाई तोड्न प्रत्याक्रमणलाई तीव्र पारेको छ । युक्रेनी सेनाले सफलता हासिल गरेको सो क्षेत्र गत साता मात्रै रुसले आफ्नो भूभागमा विलय भएको घोषणा गरेको थियो ।

पूर्वपछि दक्षिण क्षेत्रमा रुसी सैनिकमाथि युक्रेनको सफलता

युक्रेनी सुरक्षाफौजले दक्षिणी क्षेत्रमा प्राप्त गरेको सफलताले रुसी सेनाको आपूर्ति व्यवस्थालाई कमजोर बनाउने अपेक्षा गरिएको छ ।

युद्ध सुरु भएपछि दक्षिणी क्षेत्रमा पहिलोपटक युक्रेनले सोमबार सबैभन्दा ठूलो सफलता हात पारेको हो । त्यस क्रममा रणनीतिक दृष्टिले निकै महत्त्वपूर्ण मानिएको निप्रो नदी आसपासका धेरैवटा गाउँहरुलाई नियन्त्रणमा लिएको युक्रेनी अधिकारी तथा रुसले नियुक्त गरेको एक अधिकारीले बताएका छन् ।

युक्रेनी फौजले दक्षिणी क्षेत्रमा ३१ वटा रुसी ट्याङ्क र एउटा मल्टिपल रकेट लञ्चर नष्ट गरेको सैनिक कारवाहीको नेतृत्व गर्दै आएका एक कमाण्डरले जनाएको रोयटर्सलाई बताएका छन् । तर कुन स्थानमा भएको युद्धमा यस्तो सफलता हासिल गरेको हो भन्ने विषयमा केही बताएका छैनन् ।

रुसले त्यस क्षेत्रमा आफ्नो उपस्थितिलाई मजुबत बनाउन भूभाग गाभेको घोषणा गर्ने, अतिरिक्त सैनिक परिचालन र परमाणु अस्त्रको प्रयोग गर्ने चेतावनी दिँदै गर्दा युक्रेनी सुरक्षा फौजले पूर्वी क्षेत्र पछि दक्षिणतर्फ पनि सफलता प्राप्त गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले धेरैवटा नगरहरु कब्जा गरेको बताए । तर उनले त्यसको विस्तृत विवरण भने दिएका छैनन् । भिडियो सन्देशमा उनले धेरैवटा क्षेत्रालई मुक्त परिएको बताए । ‘धेरै वटा क्षेत्रमा भीषण संघर्ष जारी रहेको छ,’ उनले भने ।

लुहान्स्कका गभर्नरले मुख्य सहरहरु लिसिचन्स्क र सिभिइरोदोनेत्स्क बाटो कब्जा गर्ने उद्देश्यले रुसी सेनाले स्भोतोभो सहर नगरको मानसिक अस्पताल कब्जामा लिएको बताएका छन् ।


प्रकाशित : आश्विन १८, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?