कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

उत्तर कोरियाद्वारा जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी

जापान — उत्तर कोरियाले मंगलबार बिहान जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्र प्रहारसँगै जापानी सरकारले होक्काइदो द्वीपका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।

उत्तर कोरियाद्वारा जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उक्त अवधिभर रेल सेवा अस्थायी रुपमा रोकिएको थियो । सन् २०१७ पछि उत्तर कोरियाले पहिलोपटक जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाले मंगलबार मध्यम दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक र परमाणु हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले भने पटक-पटक यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । 'उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार देखिएको छ । घरभित्र वा अन्डरग्राउन्डबाट बाहिर ननिस्किनुहोला,' जापान सरकारले मंगलबार बिहान जारी गरेको अलर्टमा भनिएको छ ।

यस्तो अलर्ट दुर्लभ रुपमा जारी गर्ने गरिएको छ। अधिकारीहरुले उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानभन्दा करिब ३ हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको जनाएका छन् । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाली कार्यको कडा शब्द भर्त्सना गरेका छन् । उनले त्यस कार्यलाई 'हिंस्रक' कार्यको संज्ञा दिएका छन् । सो घटनापछि जापानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ ।

उत्तर कोरियाले जापान र अमेरिकाको ध्यानाकर्षण गर्नका लागि क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । दुवै देशले उत्तर कोरियाका नेता किम जोङ उनलाई कुनै महत्त्व नदिएपछि जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने जापानी अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : आश्विन १८, २०७९ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?