२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बांग्लादेश डुंगा दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — बांग्लादेशमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ ।आइतबार पञ्चगढ जिल्लाको उत्तरी भेगका करोतया नदीमा डुंगा पल्टिँदा ५० जनाको मृत्यु भएको हो ।

बांग्लादेश डुंगा दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो

त्यस्तै करिब ४० जना हराइरहेको बांग्लादेशी सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा २५ जना महिलासहित १२ जना बालबालिका र १२ जना पुरुष रहेको बताइएको छ ।

बोडेश्वरी मन्दिरमा महालय पूजामा सहभागी भएर फर्किने क्रममा डुंगा पल्टिएको ढाका ट्रिब्युनले जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?