रुसको विद्यालयमा गोली प्रहार, ७ विद्यार्थीसहित १३ जनाको हत्या

कान्तिपुर संवाददाता

काठमाडौँ — रुसको एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा बालबालिकासहित कम्तीमा १३ जना मारिएका छन् । उक्त घटनामा २१ जना घाइते भएको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । मारिनेमा ७ बालबालिकाका रहेका छन् । 

रुसको विद्यालयमा गोली प्रहार, ७ विद्यार्थीसहित १३ जनाको हत्या

इजेभ्स्क सहरमा रहेको विद्यालयमा करिब १ हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् । बन्दुकधारीले आत्महत्या गरेको र के उद्देश्यले हत्या गरेको स्पष्ट नभएको बताइएको छ । रुसी सञ्चारमाध्यमहरूले गोली प्रहार गर्दै गर्दा स्कुलभित्रको त्रासदीपूर्ण अवस्थामा भिडियो सार्वजनिक गरेका छन् ।

केही भिडियोमा कक्षाकोठामा रगत‚ झ्याल तथा भवनमा गोलीले पारेका प्वालहरू देखिन्छ । रुसी अधिकारीहरूले मारिनेमा ७ जना विद्यार्थी र दुई सुरक्षाकर्मी तथा दुई शिक्षक रहेको जनाएका छन् ।

स्थानीय सांसदले आक्रमणकारीको पहिचान हुन नसकेको बताएका छन् ।

प्रकाशित : आश्विन १०, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?