कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेलायती महारानीको अन्त्येष्टि

कान्तिपुर संवादाता

लन्डन — बेलायतकी महारानी एलिजावेथ द्वितीयाको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिएको छ ।

बेलायती महारानीको अन्त्येष्टि

लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबी गिर्जाघरमा अन्तिम संस्कार समारोह आयोजना गरिएको हो । स्थानीय समयअनुसार सोमबार बिहान आयोजित समारोहमा बेलायतका नयाँ राजा चार्ल्स तृतीय, रानी (क्विन कन्सोर्ट) कमिला, अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रों, ६ जना बेलायती पूर्वप्रधानमन्त्री, युरोपेली शाही परिवारका सदस्यहरू, विभिन्न देशका नेता गरी झन्डै २ हजार जना सहभागी थिए । अन्त्येष्टि समारोहमा परराष्ट्रमन्त्री नारायण खड्काले पनि भाग लिए । अन्त्येष्टि समारोहको नेतृत्व गरेका डिन अफ वेस्टमिन्स्टर डेभिड होइलले स्वर्गीय रानीले आजीवन वहन गरेको उत्तरदायित्वप्रति कृतज्ञता व्यक्त गरेको बीबीसीले जनाएको छ । होइलले एलिजाबेथ द्वितीयाले महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौं वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता प्रस्तुत गरेको पनि बताए ।

महारानीको शवपेटिका वेस्टमिन्स्टर आबी प्रवेश गर्दा श्लोकहरू गाइएको थियो भने प्रधानमन्त्री लिज ट्रसले पनि धार्मिक ग्रन्थको एक अध्याय पाठ गरेकी थिइन् । समारोहको अन्त्यतिर ‘द लास्ट पोस्ट’ धुन बजाइएपछि देशभर दुई मिनेट मौनधारण गरिएको बेलायती अखबारहरूले जनाएका छन् । शवपेटिका वेस्टमिन्स्टर एबी ल्याउँदै गर्दा स्कटिस तथा आइरिस रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज र रोयल एअर फोर्सका सैनिकहरूले शोक धुन बजाएका थिए ।

बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयाको गत सेप्टेम्बर ८ मा निधन भएको थियो ।

प्रकाशित : आश्विन ४, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?