चर्को गर्मीले फ्रान्समा ११ हजारको मृत्यु - विश्व - कान्तिपुर समाचार

चर्को गर्मीले फ्रान्समा ११ हजारको मृत्यु 

कान्तिपुर संवाददाता

पेरिस — यस वर्षको उच्च गर्मीबाट फ्रान्समा ११ हजार नागरिकको मृत्यु भएको दाबी गरिएको छ । नेसनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्स एण्ड इकोनोमिक स्टडीज (इन्सी) को प्रतिवेदन अनुसार तीन पटकको लहरबाट ११ हजार नागरिकको मृत्यु भएको हो ।

रिपोर्ट अनुसार जुन १५ देखि २२, जुलाई १५ देखि १८ र जुलाई ३१ देखि मध्य अगस्टसम्म गरी फ्रान्समा उच्च गर्मीको तीन लहर आएका थिए । हाल गर्मीयाम कायम नै रहे पनि तापक्रम घटेको छ ।

'सबै कारणबाट भएका मृत्यु जुलाइ १९ मा एकदम उच्च स्तरमा पुगेको छ । र जुलाई महिनाको कुल मृत्यु ५२ हजार चार सय छ । यो २०१९ को जुलाइमा मृत्यु हुने ४६ हजार आठ सय ७७ भन्दा १३ प्रतिशतले बढी हो,' इन्सीको विश्लेषण छ । जुन २०२२ मा मृत्युको संख्या जुन २०१९ को तुलनामा चार प्रतिशतले बढी थियो। जुन १९, २०२२ मा सबै कारणबाट हुने मृत्युको संख्या सबैभन्दा बढी देखियो ।

फ्रान्समा मृत्युदरको विकासलाई मूल्यांकन गर्न इन्सीले कोभिड-१९ को महामारीभन्दा अगडि सन् २०१९ को वर्षसँग तुलना गरेको बताएको छ ।

तर अहिले सार्वजनिक गरिएको मृत्युको आँकडा अझै परिमार्जित हुने र त्यो संख्या अझै बढ्नसक्ने इन्सीले उल्लेख गरेको छ ।

प्रकाशित : भाद्र २२, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्

अन्तरवडा टेबलटेनिसमा गोदावरी १ लाई स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — गोदावरी नगरपालिका वडा नं १ ले दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टको स्वर्ण पदक जितेको छ ।

स्पिन इभेन्ट्सको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गोदावारीले भक्तपुर नगरपालिका २ लाई ३–२ सेटले पराजित गर्‍यो । भक्तपुर ५ र ललितपुर महानगरपालिका १२ संयुक्त रूपमा तेस्रो भए ।

भेट्रान ६० वर्षमाथि ललितपुर १२ का शरदमान श्रेष्ठ च्याम्पियन बने । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनलमा शरदले काठमाडौं महानगरपालिका २९ का उदयमोहन श्रेष्ठलाई १४–१२, ११–३, ६–११, १२–१० को सेटमा हराए । ललितपुर १९ का जगदीश्वर जोशी र ललितपुर २२ का रोशन प्रधान तेस्रो भए ।

प्रकाशित : भाद्र २२, २०७९ १९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×