हसिना-मुर्मुबीच भेटवार्ता

काठमाडौँ — भारत भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मंगलबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेकी छन् । भेटमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विषयमा कुराकानी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

हसिना-मुर्मुबीच भेटवार्ता

‘हाम्रो साझा इतिहास, भाषा र संस्कृतिले हामीलाई एकअर्कासँग जोडेको छ,’ भारतीय राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भेटका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा भारत र बंगलादेशबीचको द्विपक्षीय सम्बन्ध निकै अगाडि बढेको राष्ट्रपति मुर्मुले उल्लेख गरेकी थिइन् ।

बंगलादेशले आफ्ना जनताको सामाजिक–आर्थिक समृद्धिमा ठूलो सफलता हासिल गरेकोमा राष्ट्रपति मुर्मुले खुसी व्यक्त गरेकी जनाइएको छ । भारतले बंगलादेशको विकास यात्रामा भरपर्दो साझेदारका रूपमा निरन्तरता दिने मुर्मुले आश्वासन दिएकी छन् ।

राष्ट्रपतिसँगको भेटपछि हसिनाले उपराष्ट्रपतिसँग भेट गरी दुई देशका जनताको हितमा सम्बन्ध अगाडि बढाउने साझा प्रतिबद्धता दोहोर्‍याएकी थिइन् ।

प्रकाशित : भाद्र २२, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?