१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रुसको रोस्तोभमा आगलागी : ६० घर नष्ट

एजेन्सी

मस्को — रुसको रोस्तोभमा मंगलबार भएको आगलागीमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन् । जंगलमा फैलिएको आगलागी अनियन्त्रित भएसँगै नजिकैको बस्तीमा असर पुगेको अधिकारीहरूले जनाएका छन् ।

आगलागीमा कुनै मानवीय क्षति नभएपनि कैयौं विस्थापित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आगलागीले कम्तीमा तीनवटा गाउँ प्रभावित भएका आपतकालीन व्यवस्था मन्त्रालयले जनाएको छ । विस्थापितलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ ।

प्रभावितलाई अत्यावश्यक सेवा तथा सामग्री उपलब्ध गराउने कार्य भइरहेको अधिकारीहरूको भनाइ छ । आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर र ३ सयभन्दा बढी अग्नि नियन्त्रक खटिरहेका जनाइएको छ ।

प्रकाशित : भाद्र १, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?