कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्चमा आगलागी हुँदा इजिप्टमा ४१ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — इजिप्टको गिजा प्रान्तको एक कप्टिक चर्चमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चर्चमा आगलागी हुँदा इजिप्टमा ४१ जनाको मृत्यु

अबु सिफिन चर्च दुर्घटनामा 'मृत्यु हुनेको संख्या अझै गणना भइरहेको छ एकिन विवरण आउन बाँकी छ,' स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । आन्तरिक मन्त्रालयका अनुसार चर्च भवनको दोस्रो तल्लामा रहेको एयर कन्डिसनरबाट विद्युत् सर्ट भएर आगलागी भएको हो ।

प्रकाशित : श्रावण २९, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?