क्रिमियास्थित रुसी सैन्य शिविरमा विस्फोट

एजेन्सी

काठमाडौँ — क्रिमियामा रहेको रुसको सैनिक हवाई शिविरमा विस्फोट भएको छ । स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोएटर्सले कम्तीमा १२ वटा विस्फोटको आवाज सुनिएको जनाएको छ । विस्फोटपछि शिविरबाट धुँवाको मुस्लो निस्केको भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् ।

क्रिमियास्थित रुसी सैन्य शिविरमा विस्फोट

स्थानीय बासिन्दाहरूले शिविरमा केही मिनेटको अन्तरमा एकपछि अर्को गर्दै विस्फोटको आवाज सुनिएको बताएका छन् । रुसले क्रिमियाका लागि नियुक्त गरेको प्रमुख ओलेग क्रयुच्कोभले विस्फोट भएको बताए पनि के कारण भनेर जानकारी गराएका छैनन् ।

युक्रेनी सञ्चार माध्यमहरूले क्रिमियाको पश्चिम तटीय क्षेत्रमा रहेको नेफेडोरोभ्का वायु सैनिक शिविरमा आक्रमण गरिएको जनाएका छन् । जबकि रुसले आक्रमण नभएको र गोलीगठ्ठामा विस्फोट भएको दाबी गरेको छ ।

स्थानीय बासिन्दाले १२ वटा विस्फोटको आवाज सुनेको बताएका छन् । उनीहरूले केही मिनेटको अन्तरमा एकपछि अर्को गर्दै ती विस्फोटहरू भएको बताएका छन् ।

अन्तिम विस्फोट निकै शक्तिशाली र ठूलो भएको बताइएको छ । सामरिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको ब्लाक सीमा अवस्थित क्रिमियालाई रुसले २०१४ मा युक्रेनबाट कब्जा गरेको भूभाग हो । पछि यस क्षेत्रलाई जनमतसंग्रह गराएर रुसको भूभागमा विलय गराइएको थियो ।

प्रकाशित : श्रावण २४, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?