कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ताइवान वरपर सैन्य अभ्यास बढाउँदै चीन

एजेन्सी

बेइजिङ — चीनले ताइवान वरपरको क्षेत्रमा नयाँ ठूलो सैन्य अभ्यास गर्ने भएको छ । चिनियाँ सेनाको पूर्वी कमान्डले अब पन्डुब्बी आक्रमण र समुद्रमा छापा मार्ने कामको बृहत् अभ्यास गर्ने जनाएको छ ।

ताइवान वरपर सैन्य अभ्यास बढाउँदै चीन

अमेरिकी सभामुख नान्सी पेलोसी नेतृत्वको टोलीले ताइवानको भ्रमण गरेपछि रुष्ट चीनले ताइवान वरपरको क्षेत्रमा चार दिन लामो सैन्य अभ्यास गरेको थियो । चिनियाँ सेनाले पाँचवटा प्रत्यक्ष (वास्तविक गोलीगठ्ठाको प्रयोग) सहितका अभ्यास आइतबार अन्त्य गरेको थियो ।

चीनले आफ्नो देशमाथि अतिक्रमण गर्ने तयारीका लागि सैन्य अभ्यास गरेको ताइवानको आरोप छ । अभ्यासका क्रममा चिनियाँ विमान र पानीजहाजहरू ताइवानी भूभागमा भने प्रवेश नगरेको एक ताइवानी अधिकारीले जनाएका छन् । तर सैन्य अभ्यासका क्रममा चिनियाँ सेनाले ताइवानको जलक्षेत्रमाथि एक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

अमेरिका, अस्ट्रेलिया र जापानले चीनको सैन्य अभ्यासको निन्दा गरेका छन् । ताइवान स्ट्रेटको अवस्था परिवर्तन गर्ने उद्देश्यले चीनले बृहत् सैन्य अभ्यास गरेको उनीहरूको दाबी छ । ताइवान र चीनबीचको १८० किलोमिटरमा फैलिएको जलक्षेत्र ताइवान स्ट्रेट हो । सैन्य अभ्यासका क्रममा चिनियाँ विमान र पानीजहाजले पटकपटक ताइवान स्ट्रेटको मध्यवर्ती रेखा भने पार गरेका थिए । तर ताइवानी रक्षा मन्त्रालयले त्यसको विरोध गर्दै ताइवान स्ट्रेटको मध्यवर्ती रेखा सन् १९५० को दशकयता अस्तित्वमा रहेको कुरा तथ्य भएको जनाएको छ । अमेरिकाले पनि चिनियाँ कदमको विरोध गर्दै पेलोसीको भ्रमणलाई लिएर चीनले जलवायु परिवर्तन, सैन्य वार्ता र अन्तर्राष्ट्रिय अपराध नियन्त्रण गर्ने प्रयासका विषयमा सहकार्य तोडेको आरोप लगाएको छ ।

प्रकाशित : श्रावण २४, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?